अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २० गते । पुतलीबजार नगरपालिका–७ र्यालेमा आगालागीबाट २० लाख बराबरको क्षति भएको छ ।
स्थानीय ७४ वर्षीया खिम बहादुर खत्रीको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले कच्ची घरमा विद्युत सर्ट भई शनिबार आगलागी भएको हो ।
आगलागीबाट घर पूर्ण रूपमा जलेको, सुनका गरगहना अन्दाजी ६ तोला, ७० हजार नगद, भाडाकुडा, लत्ताकपडा जलेको हो । आगलागीबाट मानविय क्षति नभएको बताउँदै प्रहरी निरीक्षक प्रवेश तिवारीले थप अनुसन्धान कार्य अगाडि बढाइएको तिवारीले बताउनुभयो ।