धनुषा समाचारदाता
जनकपुरधाम, वैशाख २० गते । नेकपा (एकीकृत समाजवादी) पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई मधेश प्रदेशको शिक्षा, स्वास्थ्य कृषि, सडक पूर्वाधारसहितका क्षेत्रमा देखिएका समस्या समाधानका लागि ५२ सूत्रीय मागसहितको ज्ञापन्नपत्र बुझाएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका मधेश प्रदेश इन्चार्ज धर्मनाथ साहको नेतृत्वमा शुव्रmबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेश प्रदेश पुगेका सो पार्टीका नेता कार्यकर्ताले पार्टीको केन्द्रीय परिपत्र अनुसार मधेश प्रदेशको वर्तमान अवस्थाको सुधारका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताएका छन् । ज्ञापनपत्र बुझ्दै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकार तदारुकताका साथ जनताको हितमा काम गर्दै आएको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीले सुझावसहित दिएको ज्ञापनपत्रले प्रदेश सरकारलाई काम गर्नमा मद्दत पुग्ने बताउनुभयो । उहाँले केही महìवपूर्ण सङ्घीय कानुन निर्माण नभएका कारण प्रदेश सरकारले कानुन निर्माण गरेर पनि कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।
उहाँले शिक्षा, स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले अभियान सञ्चालन गरी सुधार गर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा सबैलाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क गर्दै १८ वर्षमुनि र ६० वर्षमाथिका मधेश प्रदेशवासी नागरिकलाई सबै प्रकारको स्वास्थ्य सेवा निःशुल्क गर्ने कार्यव्रmम लागु गर्न, मधेश प्रदेशभित्र शिक्षामा जनताको समान पहुँच कायम गर्न, मधेश प्रदेशमा स्थापित कृषि विश्वविद्यालयलाई आधुनिकीकरण गरी दक्ष जनशक्ति उत्पादन गर्न, मधेश प्रदेशको यातायात सुविधालाई व्यवस्थित गर्नका लागि सडकलाई स्तरोन्नति गर्न, भाषा र संस्कृतिलाई उजागर गर्ने गरी पर्यटकीय स्थलको विकास गर्नुपर्नेसहितका माग गरिएको छ ।
चन्द्रपुर समाचारदाता प्रवीणकुमार शर्माका अनुसार शुव्रmबार नै नेकपा (एकीकृत समाजवादी) रौतहट जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ विभिन्न १९ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । रौतहटमा लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल सञ्चालन, उखु किसानको बक्यौता रकम भुक्तानीको व्यवस्था, लालबकैया नदीमा निर्माणाधीन पुल निर्माण, रौतहट–सर्लाही जोड्ने हुलाकी सडक अन्तर्गत अवरुद्ध रहेको बडहर्वा पुल अविलम्ब सुचारु गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाएर निजी र सार्वजनिक शिक्षाको अन्त्यलगायतका माग राखेर ज्ञापनपत्र बुझाइएको रौतहट जिल्ला अध्यक्ष कमल राय यादवले जानकारी दिनुभयो ।