• ११ असोज २०८१, शुक्रबार

जर्मनी र इङ्ल्यान्डको बराबरी

blog

बल अगाडि बढाउँदै इङ्ल्यान्डका कप्तान ह्यारी केन । तस्बिर : एएफपी

काठमाडौं, जेठ २५ गते । जर्मनी र इङ्ल्यान्डले युइएफए नेसन्स लिग फुटबलमा बराबरी खेलेका छन् । मंगलबार राति भएको लिग ‘ए’ समूह ३ को खेलमा जर्मनी र इङ्ल्यान्डले १–१ गोलको बराबरी खेलेका हुन् ।

जर्मनीले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । जर्मनीका लागि ५०औं मिनेटमा जोना होपमानले ५०औं मिनेटमा गोल गर्नुभयो । जर्मनीको गोलपछि जोसिएको इङ्ल्यान्डका लागि ह्यारी केनले ८८औं मिनेटमा बराबरी गोल गर्नुभयो । केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्यान्डका लागि ब्यक्तिगत ५०औं गोल पनि पूरा गर्नुभयो । 

यसै समूहको अर्को खेलमा इटालीले हंगेरीलाई २–१ गोलले हरायो । इटालीको यो पहिलो जित हो । इटालीको जितमा निकोला बारेल्लाले ३०औं र लोरेन्जो पेगेग्रिनीले ४५औं मिनेटमा गोल गर्नुभयो । हंगेरीले ६१औं मिनोटमा इटालीकै जियानलुका मान्चिनीको आत्मघाती गोल सहयोग पाएको थियो । एजेन्सी