• २० वैशाख २०८२, शनिबार

गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गरिने

blog

काठमाडौँ,  वैशाख १९ गते। सरकारले सबै नेपाली नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गर्ने भएको छ। 

शुक्रबार सङ्घीय संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा खानेपानी र सरसफाइ क्षेत्रमा दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि लगानी वृद्धि, सेवा दक्षता, प्रभावकारिता र सुशासन कायम गर्ने उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, “प्राकृतिक विपद् प्रभावित तथा अधुरा खानेपानी आयोजनाहरूको निर्माण, मर्मत र सञ्चालन गरी पानीको पहुँच पु¥याइनेछ, जलाशययुक्त खानेपानी आयोजना र भूमिगत पानी स्रोतको पुनर्भरणलाई प्राथमिकता दिइनेछ।” 

सरकारले स्थानीय तह र उपभोक्ताको सह लगानीमा खानेपानी र सरसफाइका आयोजना एकीकृत रूपमा कार्यान्वयन गर्नुका साथै खानेपानी संस्थान लगायत काठमाडौँ उपत्यकामा खानेपानी सेवा सञ्चालन गर्ने निकायहरूको पुनःसंरचना गर्ने भएको छ।