• २० वैशाख २०८२, शनिबार

राष्ट्रिय सभामा नीति तथा कार्यक्रम टेबुल

blog

काठमाडौँ, वैशाख १९ गते । राष्ट्रिय सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको शुक्रबारको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राख्नुभएको धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको थियो । रासस