• २० वैशाख २०८२, शनिबार

स्नायु रोगको उपचारका लागि न्यूरो साइन्स केन्द्र स्थापना गर्ने

blog

काठमाडौँ, वैशाख १९ गते । सरकारले स्नायु रोगको उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो । 

उहाँले मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायुरोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।