• २० वैशाख २०८२, शनिबार

नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

blog

शुक्रबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौँ, वैशाख १९ गते । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राख्नुभएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो । रासस