• २० वैशाख २०८२, शनिबार

सरकारले अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने

blog

काठमाडौँ, वैशाख १९ गते । सरकारले अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो जानकारी दिनुभएको हो ।उहाँका अनुसार सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गरिने छ । पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गरिने बताउनुभयो ।

उपभोक्ता हितसँग सम्बन्धित संस्थागत व्यवस्था विस्तार गरिने र कालोबजारी, सिन्डिकेट, कार्टेलिङ आदि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाइने बताउनुभयो ।

‘‘अत्यावश्यक वस्तु सेवाको आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य अनुगमन र गुणस्तर नियन्त्रणमा जोड दिइने छ । खाद्य सम्प्रभुता सुनिश्चित गर्न राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैँकमा आवश्यक परिमाणमा खाद्य भण्डारण गरिने छ । रैथाने बालीको उत्पादन र बजारीकरणलाई स्थानीय तहसँगको समन्वयमा प्रवर्धन गरिने छ ।’’ उहाँले भन्नुभयो, ‘‘अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाइने छ । ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गरिने छ । पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गरिने छ । उपभोक्ता हितसँग सम्बन्धित संस्थागत व्यवस्था विस्तार गरिने छ । कालोबजारी, सिन्डिकेट, कार्टेलिङ आदि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाइने छ ।’’

सरकरले अत्यावश्यक वस्तु सेवाको आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य अनुगमन र गुणस्तर नियन्त्रणमा जोड दिइने छ । खाद्य सम्प्रभुता सुनिश्चित गर्न राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैँकमा आवश्यक परिमाणमा खाद्य भण्डारण गर्ने बताएको छ ।