• २० वैशाख २०८२, शनिबार

बिमा सेवा सर्वसुलभ र भरपर्दो बनाइने

blog

राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, वैशाख १९ गते । बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने भएको छ  । शुक्रबार बसेको सङ्घीय संसदको संयुक्त बैठकमा २०८२ /८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बिमा कार्यक्रम सर्वसुलभ र भरपर्दो बनाइने जानकारी दिनुभयो । 

भौतिक सम्पत्ति प्रवद्धन गर्दै बिमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ । ग्रामीण तथा न्यून आय भएकालाई बिमामा समेट्न बिमा साक्षरता कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।