• १८ वैशाख २०८२, बिहिबार

झिल्का सल्केर घरमा आगलागी

blog

आगलागीबाट जलेर नष्ट भएको घर । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख १८ गते । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

स्थानीय सोनाम सिंह मोक्तानको घरमा बिहीबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको १२ वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले जानकारी दिनुभयो । आगलागीबाट घरमा भएको लत्ता कपडा, भाँडाकुँडा, मकै, कोदो, सिमी, नगद र जिन्सी सबै जलेर नष्ट भएको छ । 

आगलागीबाट १० लाख बराबरको क्षति भएको वडाध्यक्षले प्रारम्भिक अनुमान गर्नुभएको छ । स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । पूर्ण क्षति भएकाले सहयोगको पनि अपिल गरिएको छ ।