• १८ वैशाख २०८२, बिहिबार

ओम अस्पतालमा 'ब्लड बैँक' स्थापना

blog

काठमाडौँ, वैशाख १८ गते । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैँक) स्थापना गरेको छ । हस्पिटलले 'मे' दिवसको सन्दर्भ पारेर आफ्नै ब्लड बैँक स्थापना गरिएको हो ।

एक विशेष समारोहका बिच अस्पतालका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रूपमा रक्तसञ्चार केन्द्रको उद्घाटन गर्नुभएको थियो । 

अस्पतालको सेवा विस्तारलाई निरन्तरता दिने क्रममा मजदुर दिवसको अवसर पारेर आफ्नै ब्लड बैँक स्थापना गरेको अध्यक्ष डा. श्रेष्ठले जानकारी दिनुभयो। रक्तसञ्चार केन्द्र आकस्मिक सेवामा एक महत्त्वपूर्ण सहाराको रूपमा रहनुका साथै यसले समग्र उपचार प्रणालीलाई छिटो—छरितो, भरपर्दो र आत्मनिर्भर बनाउन सहयोग गर्ने हस्पतालका अध्यक्ष डा. श्रेष्ठको विश्वास छ।

अस्पतालले आपतकालीन अवस्थाका लागि रगतको उपलब्धता सुनिश्चित गर्ने उदेश्यले नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ काठमाडौंसँगको सहकार्यमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा एक सय भन्दा बढीले रक्तदान गर्नुभएको छ ।