काठमाडौँ, वैशाख १८ गते । निसान श्रेष्ठ र आरभसम्राट हाडा ११ औं सिटिजन्स बैँक टेनिस प्रतियोगिताको पुरुष सिङ्गल्समा बिहीबार फाइनलमा प्रवेश गर्नुभएको छ ।
काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा निसानले निहालजङ्ग बहादुर थापालाई ६–३ र ६–२ तथा आरभले राजवीर प्रधानलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गर्नुभयो ।
महिला सिङ्गल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६–१ र ६–१ तथा स्वस्तिका विष्टले आइशा डोल्कर गुरुङलाई ६–१ र ६–१ को सोझो सेटमा हराउदै उपाधि भिडन्त पक्का गर्नुभयो ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिङ्गल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–० र ६–० तथा सन्तोष खत्रीले भीष्मजङ्ग गुरुङलाई ६–३ र ६–३ को सोझो सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गर्नुभयो ।