गुणबहादुर रोका
सुलीकोट, वैशाख १५ गते । जिल्लाको गोरखा नगरपालिका–११ स्थित प्रन्ध किलोमा एक पुरुषको शव फेला परेको छ । फेला परेको शव बारपाक सुलीकोट गाउँपालिका–४ स्थित सौरपानीका ३० वर्षीया प्रेम गुरुङको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वैशाख ११ गते बिहान ९ बजे एक्कासी घरबाट हराएका गुरुङको सोमबर बिहान दिउँसो १० : ३० बजे ४ दिनपछि गोरखा नगरपालिका–११ स्थित चारकुने जङ्गलमा शव फेला परेको उहाँले बताउनुभयो ।
गोरखा नगरपालिका चारकुने जङ्गलमा गुरुङको शव फेला पारेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले जानकारी पाए लगत्तै प्रहरी टोली घट्नास्थल पुगी युवा गुरुङको साथबाट परिचयपत्र फेला परेकाले मृतक गुरुङको आफन्त सम्पर्कमा ल्याउन सहज भएको प्रहीको भनाइ छ ।
परिवारको रोहवरमा शव मुचुल्कापछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।