• १० वैशाख २०८२, बुधबार

नेपाल र हङकङबिच मैत्रीपूर्ण फुटबल हुने

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १० गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार दुई टोलीबिचको खेल आगामी जुन ५ तारिखमा हङकङमा हुनेछ । फिफा विन्डो अन्तर्गत यस खेल हुन लागेको हो ।

नेपालले हङकङसँग ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि सन् १९८८ मा हङकङसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालले एसिसी एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । छनोट खेलमा नेपालले जुन १० तारिख लाओससँग प्रतिस्पर्धा गर्ने छ ।