चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ७ गते। योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल फुङ्लिङ नगर समिति अध्यक्षमा भूपाल मादेन चयन हुनुभएको छ। नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रूपमा रहेको वाइसीएल नेपाल फुङ्लिङको तेस्रो अधिवेशनले मादेन अध्यक्ष रहेको ४१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो।
नगर समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, मञ्जुल निरौला र सल्मा गुरुङ, सचिव भगिमान लिम्बू, सह-सचिवमा लक्ष्मी निरौला, मनकुमार भट्टराई, सञ्जिप रसाइली र कोषाध्यक्षमा हिम्मत लुहार चयन हुनुभएको छ। नगर अधिवेशन वाइसिएलकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज होमकुमारी दियाली, जिल्ला अध्यक्ष कैलास माबो लगायतको उपस्थितिमा सम्पन्न भएको हो।
जिल्ला अध्यक्ष माबोका अनुसार वाइसिएलको पालिका तथा वडास्तरीय अधिवेशनहरू धमाधम भइरहेको छ। फङ्लिङको नगर अधिवेशन अघि मिक्वाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकामा वाइसिएलको अधिवेशन सम्पन्न भइसकेको माबोले जानकारी दिनुभयो। उहाँका अनुसार अढाइ दर्जन बढी वडाहरूमा पनि अधिवेशन सम्पन्न भई सकेको छन्।