काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।
साथै महाधिवेशन कार्य विवरण सम्बन्धमा, विशेष रिपोर्टिङ (जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरणबारे छलफल हुने छ ।