काठमाडौँ, वैशाख ३ गते । स्पेनिस पावर हाउस बार्सिलोना र फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मङ्गलबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई समग्रमा ५–३ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
बार्सिलोना पहिलो लेगमा ४–० गोलले विजयी भएपनि दोस्रो लेगमा मङ्गलबार राति ३–१ गोलले पछि परेको थियो । तर पहिलो लेगको जितले बार्सिलोनालाई राहत मिल्यो ।
यससँगै बार्सिलोना सन् २०१९ पछि च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्न सफल भयो । डर्टमन्डलाई जिताउन सेरहो गुइरासीले ह्याट्रिक गर्नुभयो । बार्सिलोनाले डर्टमन्डका रामी बेन्सेबाइनीको आत्माघाती गोल सान्त्वना पाएको थियो ।
यस्तै अर्को खेलमा पिएसजीले एस्टन भिल्लालाई समग्रमा ५–४ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । पहिलो लेगमा ३–१ गोलले पराजित भएको एस्टन भिल्ला घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ ले विजयी भए पनि हार टार्न सकेन ।
सेमिफाइनलमा पिएसजीले रियल म्याड्रिड र आर्सनलको विजेतासँग खेल्नेछ। बार्सिलोनाले इन्टर मिलान र बार्यन म्युनिखबिचको विजेतासँग खेल्नेछ। एजेन्सी