गणेश खनाल
अर्घाखाँची, चैत २८ गते । जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–१० लिसेपानी बस्ने वर्ष ७२ को यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सूचना अधिकारी जगन्नाथ मरासिनीले जानकारी दिनुभयो ।
मृतक आफ्नै घरको दलानमा बसिरहेको बेला चट्याङ लागि बेहोस अवस्थामा फेला भएको जनाएको छ । चट्याङबाट मृतकको घरको भित्तामा समेत क्षति पुगेकाे प्रहरीको भनाइ रहेको छ ।