जनार्जन खत्री
सर्लाही, चैत २८ गते । सर्लाहीको बरहथवा नगरपालिका–७, दुधडेरी चोकमा बिहीबार बिहान मिनी ट्रक र कन्टेनर ठोक्किँदा दुवै सवारीका चालक घाइते भएका छन् ।
बिहीबार बिहान ९ः२० बजे बरहथवाबाट हीरापुरतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३ च ९४४७ नम्वरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ४८ नम्वरको कन्टेनर आपसमा ठोक्किँदा दुवै गाडीका चालक घाइते भएका हुन् ।
दुर्घटनामा मिनी ट्रकका चालक काभ्रेको पाँचखाल नगरपालिका–२, बस्ने २० वर्षीय सुरेश तामाङ र कन्टेनर चालक मकवानपुरको थाहा नगरपालिका–१०, बस्ने २६ वर्षीय दीपेन्द्र गोपाली घाइते भएका इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुुभयो ।
मिनी ट्रक चालक तामाङको टाउको र दाहिने खुुट्टा तथा कन्टेनर चालक गोपालीको कानमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेको शङ्कट मोचन अस्पताल बरहथवामा उपचार चलिरहेको डिएसपी थापाले बताउनुुभयो ।
आपसमा ठोक्किँदा दुवै गाडीमा क्षति पुुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सवारी साधन घटनास्थलमै रहेका छन् ।