• २० चैत २०८१, बुधबार

घ्याम्पेसाल–पाँचखुवा–देउराली–ताकुकोट सडकखण्ड कालोपत्रे सुरु

blog

कालोपत्र हुँदै गोरखाको भिमसेन थापा गाउँपालिकादेखि बारपाक, सुलीकोट गाउँपालिकासम्म पुग्ने घ्याम्पेसाल–पाँचखुवा–देउराली–ताकुकोट सडकखण्ड । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, चैत १९ गते ।
गोरखाको भिमसेन थापा गाउँपालिकादेखि बारपाक, सुलीकोट गाउँपालिकासम्म पुग्ने घ्याम्पेसाल–पाँचखुवा–देउराली–ताकुकोट सडकखण्ड कालोपत्र सुरु भएको छ । भिमसेन थापा गाउँपालिकाको सिमानदेखि बारपाक, सुलीकोट गाउँपालिकाको कार्यालयसम्म पुग्ने झण्डै ८ किलोमिटर सडक धेरै लामो समयपछि कालोपत्रे सुरु भएको हो ।  

विसं. २०६३ सालमा ताकुकोट गाउँविकास समितिले ट्याक मार्ग खुलाइएता पनि १८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालो पत्रे गर्न सुरु गरेको हो । कालोपत्रे सुरु भएपछि ताकुकोटको स्थानियलाई गोरखा सदरमुकामसम्म आवतजावत गर्न सहज हुने भएको छ । 

धेरै समयको प्रयासपछि अहिले आएर कालोपत्रे सुरु भएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो । बारपाक, सुलीकोट गाउँपालिकाको विशेष पहलमा प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको बजेटअन्तर्गत पूर्वाधार कार्यालय गोरखामार्फत कालोपत्रे सुरु भएको हो ।