गुणबहादुर रोका
सुलीकोट, चैत १९ गते । सुस्त मनस्थिति भएकी नवबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका – ८ स्थायी घर भएका ४२ वर्षीय सुचन्द्र गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
जन्मजात सुस्त मनस्थिति भएकी बालिकालाई चैत १५ गते दिउँसो २ बजेको समयमा जबरजस्ती करणी गरेको आरोपमा पीडितको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।