• १९ चैत २०८१, मङ्गलबार

सुनमा मूल्य उच्चविन्दुमा

blog

काठमाडौँ,  चैत १७ गते । निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ घटेर रू दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस