• १९ चैत २०८१, मङ्गलबार

उद्योग वाणिज्य सङ्घमा मतदान सुरु

blog

बागलुङ उद्योग वाणिज्य सङ्घको १९ औं महाधिवेशनको निर्वाचनमा मतदान गर्दै मतदाता । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

बागलुङ, चैत १६ गते । बागलुङ उद्योग वाणिज्य सङ्घको १९ औं महाधिवेशनकोे निर्वाचनको मतदान शनिबार बिहानदेखि सुरु भएको छ । बिहान ८ बजे बालमन्दिर प्राथमिक विद्यालयको प्राङ्गणमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भुमिश्वर गौतमले बताउनुभयो ।

उहाँका अनुसार शनिबार दिउँसो ५ बजेसम्म मतदान सञ्चालन हुनेछ । शान्तिपूर्ण रूपमा मतदान सुरु भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

अध्यक्षको लागि एक, उद्योग सदस्यका लागि दुई, महिला सदस्यको लागि तीन र खुला सदस्य १३ जनाको लागि निर्वाचन हुनेछ । सङ्घमा एक हजार चार सय १६ जना मतदाताहरू रहेका छन् ।

बागलुङ उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वको लागि उमाकान्त शर्मा ‘बाबु’ र राजनकुमार शाक्यले प्यानल बनाएर उम्मेदवार बन्नुभएको छ । उम्मेदवारले बिहानैदेखि मतदातासँग निर्वाचनस्थलमा मत मागिरहेका छन् । अध्यक्षका उम्मेदवार शर्मा र शाक्य दुवै जना नेपाली कांग्रेस निकट व्यावसायीहरू हुनुहुन्छ । 

शाक्यको प्यानलमा कांग्रेससँगै नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, नेकपा मसाल निकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ, नयाँ शक्ति निकट समाजवादी उद्योग व्यापार सङ्गठन र राप्रपा निकट व्यावसायीहरूको समर्थन रहेको छ भने शर्माको प्यानलमा कांग्रेस निकट व्यवसायी र नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यावसायी महासङ्घका व्यावसायीहरूको समर्थन रहेको छ । शर्मा सङ्घको पूर्व वरिष्ठ उपाध्यक्ष र शाक्य हाल सङ्घको वरिष्ठ उध्यक्ष हुनुहुन्छ । 

अध्यक्षका प्रत्यासी शर्माको प्यानलबाट उद्योग सदस्यमा रामप्रसाद शर्मा र भुपेन्द्र खड्का, महिला सदस्यमा महिला सदस्यमा शर्माको प्यानलबाट सविता आचार्य, चादना श्रेष्ठ र कमला पराजुली रहनुभएको छ । त्यस्तै, १३ जना खुल्ला सदस्यमा श्रीजय श्रेष्ठ, निलेश राजभण्डारी, राजेश भारी, दिपक हमाल, उमेश के.सी., गणेश लम्साल, शिवशंकर शाह, रमेश शर्मा, सुदिप सागर कंडेल, युवराज कंडेल, राजु गौतम, बद्रि ढुंगाना र हरि आचार्य रहनुभएको छ ।

त्यसैगरी शाक्यको प्यानलबाट उद्योग सदस्यमा चुडामणि सापकोटा र कृष्ण श्रेष्ठ, महिला सदस्यमा तुलसी देवी शर्मा, अर्चना पालिखे र सिर्जना राजभण्डारी श्रेष्ठ रहनुभएको छ । 

१३ जना खुला सदस्यमा ऋषिराम गौतम, इन्द्रमणी पौडेल ‘अर्जुन’, नविनकुमार श्रेष्ठ, अर्जुन कंडेल, मनिष राजभण्डारी, चन्द्रराज रेग्मी, खिमकुमार श्रेष्ठ, गोकुल कंडेल, जिवननाथ शर्मा, विष्णु अधिकारी, महेन्द्रप्रसाद शर्मा, अकिलबहादुर क्षेत्री (ध्रुव) र नारायण सापकोटा रहनुभएको छ ।

निर्वाचित सदस्यमध्येबाट वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव, सहकोषाध्यक्ष पदमा पहिलो बैठकले पद बाँडफाँट गर्ने विधानमा व्यवस्था छ ।