निलो बागमतीको छेउमै उभिएको थियो– भव्य र शालीन थापाथली दरबार । इतिहासको यो महìवपूर्ण दृश्य अहिले देख्न सकिन्न । न अहिले थापाथली दरबारको त्यो पुरानो स्वरूप छ, न त बागमतीको रङ्ग निलो छ । आखिर के कारणले इतिहासका धरोहर मेटिन्छन्, बदलिन्छन् र खिइँदै जान्छन् ? निलो बागमती वर्तमानमा छैन । थापाथली दरबार अब इतिहासमा सीमित छ । यसका इतिहासका केही पक्षलाई खोतल्ने जमर्को यस लेखमा गरिएको छ ।
एक समय काठमाडौँ खाल्डोको शक्तिकेन्द्र थियो, थापाथली दरबार । त्यहीँनजिकै निर्मल र पवित्र बागमतीको सुन्दर दृश्य देखिन्थ्यो । त्यसबेला शासन सत्ताको केन्द्रीय बागडोर समाहाल्ने थापाकाजीहरू बस्ने थलो भएकाले उक्त स्थानको नाम थापाथली रहन गएको हो । जुन भव्य दरबारको रूपमा परिणत भएको चाहिँ जङ्गबहादुर राणाको समयताका हो । जङ्गबहादुर राणा बेलायतको लामो राजकीय भ्रमणबाट फर्केपछि पुरानो भवनलाई ‘नियो क्लासिकल डिजाइन’ मा पुनर्संरचना गरी दरबार रूपमा रूपान्तरण गरेका हुन् । किनकि यो जङ्गबहादुर राणाको निजी निवास स्थान थियो । श्री ३ महाराज भएका हुनाले उनको निवासस्थानलाई दरबार संज्ञा दिइएको हुन सक्छ । राणा शासनकालदेखि नै उनीहरूका निजी निवासका रूपमा प्रयोग भएका ठुला भवनलाई दरबार भन्न थालियो ।
ऐतिहासिक पृष्ठभूमि
नेपालको इतिहासमा काजी नयनसिंह थापाको नाम अग्रपङ्क्तिमा आउ“छ । उनलाई केही पुस्तकमा नैनसिंह थापासमेत लेखिएको छ । उनले थापाथलीमा आफ्नो निजी निवास स्थापना गरेका थिए । पछि उनीसँगै अन्य थापाहरूसमेत त्यस स्थानमा बसोबास गर्न थालेको पाइन्छ । उनी नेपालका सैनिक जर्नेल थिए । भारतको गडवालस्थित का“गडाको युद्धमा सन् १८०६ मा काजी नयनसिंह थापाले वीरगति प्राप्त गरेका थिए । उनको मृत्युले थापाथली निवासमा सन्नाटा भयो । सानो काजी अमरसिंह थापाका तेस्रो पुत्र थिए, काजी नयनसिंह थापा र जेठा थिए भीमसेन थापा । केही पुस्तकमा काजी नयनसिंह थापा भीमसेन थापाका दाजु उल्लेख गरेको पाइए पनि इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार यिनी भीमसेन थापाका भाइ थिए । यी तिनै व्यक्तित्वलाई राष्ट्रिय नायकको दर्जा दिन मिल्छ । नयनसिंह थापाको मृत्युपश्चात् थापाथली गृहको हकवाला उनकै छोरा माथवरसिंह थापा भए ।
काजी नयनसिंह थापाको छोरी ललितत्रिपुरा सुन्दरीको विवाह सन् १८०४ मा राजा रणबहादुर शाहसंँग थापाथली निजी निवासस्थानबाटै भएको थियो । भनिन्छ भीमसेन थापाले राजा रणबहादुर शाहसँग ललितत्रिपुरा सुन्दरीको विवाह गराउन प्रमुख भूमिका खेलेका थिए, उनी त्यस ताका राजा रणबहादुर शाहका अङ्गरक्षक थिए । हुन त अङ्गरक्षकले भन्दैमा राजाले कसैको छोरी, भतिजी कहा“ विवाह गर्लान् र ? त्यतिबेला नयनसिंह थापा स्वयं सेनाको जर्नेल थिए, राजदरबारमा उनको शक्ति र पह“ुच कम थिएन । भीमसेन थापा मुख्तियार अर्थात् प्रधानमन्त्री भएको चाहिँ सन् १८०६ ताका हो । बरु ललितत्रिपुरा सुन्दरीको सुन्दरताले राजा मोहित भएको पनि हुन सक्छ । केही पुस्तकमा ‘ललितत्रिपुरा सुन्दरी भीमसेन थापाकी छोरी’ भन्ने लेखिएको पाइए पनि त्यो सत्य होइन । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार ललितत्रिपुरा सुन्दरी नयनसिंह थापाकै छोरी थिइन् । ललितत्रिपुरा सुन्दरी नामले मात्र होइन रूपले समेत अपार थिइन्, सायद त्यसैले होला राजा रणबहादुर शाह पहिलो नजरमै उनीसँग लट्ठ परे र विवाहको प्रस्ताव अघि सारे । यसअघि उनले चार विवाह गरिसकेका थिए, ललितत्रिपुरा सुन्दरी उनकी पा“चौँ रानी थिइन् । ललितत्रिपुरा सुन्दरीको सुन्दरता र साहसिक बयान इतिहासका पुस्तकमा प्रशस्त पाइन्छ । उनी पहिलो महिला साहित्यकारसमेत भएको उल्लेख गरिएको छ । ललितत्रिपुरा सुन्दरी लामो समयसम्म देशको शासन शक्तिको केन्द्रविन्दुमा रहिन, किनका राजा रणबहादुर शाह यिनको दाहिने थिए । सन् १८०६ मा रणबहादुर शाहको हत्यापश्चात् उनले गीर्वाणविव्रmम शाहको नायवीमा राजकीय शासन समहालिन भने जेठाबाबु भीमसेन थापा नेपालको प्रधानमन्त्री बने । त्यसपछि भीमसेन थापाले ललितत्रिपुरा सुन्दरीलाई आफ्नो दाहिने हात बनाए र रणनीतिकरूपमा प्रयोग गरे । बाबुछोरीको शासन सत्ताको साझेदारी चिरस्थायी रह्यो । फलस्वरूप थापाथली थप गुलजार भयो ।
थापाथलीमा थापा खलकका नातेदारमध्ये बालनरसिंह कुँवर पनि थिए । बालनरसिंह कुँवरले काजी नयनसिंह थापाकी अर्की छोरी गणेशकुमारीसँग विवाह गरेका थिए । जङ्गबहादुर राणाकी आमा थिइन् गणेशकुमारी र बाबु थिए बालनरसिंह कुँवर । यस अर्थमा जङ्गबहादुर राणाको घर र मावलीघर दुवै थापाथली नै थियो । जङ्गबहादुर राणाको जन्म थापाथलीमा भएको थियो । उनको बाल्यकाल समेत थापाथली सेरोफेरोमै गुज्रेको पाइन्छ । पुस्तकहरूमा ‘जङ्गबहादुर राणाले वर्षायाममा बागमतीको उर्लंदो बाढीमा हाम फालेको’ प्रसङ्ग सायद थापाथली वरिपरि हुन सक्छ । इतिहासमा उल्लेख गरिए अनुसार भीमसेन थापा सन् १८०६ सम्म थापाथली निवासमा नै बसेका थिए । प्रधानमन्त्री भएपछि उक्त निवास नयनसिंह थापाको परिवारलाई छाडेर उनी अहिलेको बागदरबार सरे । बागदरबार प्रारम्भमा सानो निवास भवन उनकै बाबु सानो काजी अमरसिंह थापाले स्थापना गरेका थिए । भीमसेन थापा प्रधानमन्त्री भएपछि त्यसलाई ठुलो भवन बनाए, भवनको अगाडि पोखरी र वरिपरि सुन्दर बगैँचा निर्माण गरे, बगैँचाको बिच बिचमा टहलिन स्थानहरू खडा गरे । त्यो बेला भवनको चारैतिर हरियाखेतबारी थिए अनि दक्षिणपूर्वबाट निलो बागमती बगिरहेको हुन्थ्यो । लोभलाग्दो देखिन्थ्यो, भीमसेन निवास । भीमसेन थापाको पतन भएपछि भवनको स्वामित्व परिवर्तन हुँदै गयो र राणाकालमा आइपुगेपछि भवन ‘नियो क्लासिकल’ र मुगल शैलीका रूपमा बागदरबारमा रूपान्तरण भयो । गोविन्दबहादुर मल्ल गोठालेद्वारा लिखित बागदरबारको सङ्क्षिप्त परिचयमा दरबारको सेरोफेरोमा जगन्नाथ मन्दिरनजिक एउटा खोरमा बङ्गालबाट ल्याइएको बाघ पाल्न सुरु गरेकाले त्यस संरचनाको नामकरण बागदरबार रहन गएको भन्ने पाइन्छ । तथापि कतिपय लेखकले बागदरबार अगाडिको अद्वितीय र मनमोहक बगैँचा (वाग) को कारणले वागदरबार नामकरण रहन गएको भन्ने गरेको पाइन्छ ।
थापाथली दरबारको स्वरूप
थापाथली दरबार ‘नियो क्लासिकल’ संरचनामा निर्माण भएको नेपालको पहिलो दरबारमा पर्दछ । जङ्गबहादुर राणाले बेलायत यात्रामा केही प्राविधिक टोली लिएर गएका थिए । बेलायतमा रहेर उनीहरूले बेलायती वास्तुकला सिके र नेपाल फर्केपछिको पहिलो प्रयोग बन्यो थापाथली दरबार । तर उनले बेलायती वास्तुकलालाई नेपाली वास्तुकलासँग सम्मिश्रण गरे । मूलतः राणाकालीन दरबारहरू बेलायती, मुगल तथा नेपाली वास्तुकलाको मिश्रण भन्न सकिन्छ अर्थात् नेपाली र आयातीत वास्तुकलाको हाइब्रिड मोडल भन्न सकिन्छ । मूल संरचना सँगसँगै दर्जनौँ संरचना निर्माण गरियो, जसमा छुट्टाछुट्टै निजी निवासहरूलगायत प्रशासनिक भवन, आगन्तुक घर, सभा तथा कार्यव्रmम घर, सैनिक सुरक्षा क्याम्प, ग्राउन्ड, मनोरञ्जन तथा क्रीडास्थल, पाठशाला, वैद्यखाना, देवल, मठमन्दिर, बगैँचा आदि पर्दछन् । त्यसबेलाको प्रमुख प्रशासनिक केन्द्र थियो– थापाथली दरबार । क्षेत्रफलको हिसाबले थापाथली अहिलेको बबरमहल हुँदै सिंहदरबार परिसरसमेत पर्दथ्यो । बबरशमशेरले बबरमहल खडा गरेपछि त्यस स्थलको नाम पनि बबरमहल रहन गएको हो । माइतीघर स्थलको नामकरण सन् १९६६ पछि हो ।
थापाथली दरबारको पश्चिमपट्टि बागमती किनारमा जङ्गबहादुर राणाले कालमोचन मन्दिर र घाट निर्माण गरेका थिए । मूल दरबार परिसरमा पञ्चायन मन्दिर निर्माण गरेका थिए, जुन अहिले पनि देख्न सकिन्छ । पञ्चायन मन्दिर राणा तथा कु“वरहरूको कुलदेवीको मन्दिर हो, जुन विशेष दिन र समयमा उनीहरूका लागि खोलिन्छ । मन्दिरमा देवाली पूजा लगाइन्छ । बाह्य समुदायका मानिसले पनि मन्दिर अवलोकन गर्न सक्छन् तर पूजन गर्न मिल्दैन भन्ने मान्यता राखिएको बुझिन्छ । मन्दिरको अगाडि ठुलो ढोका छ, जुन स्वयं जङ्गबहादुर राणाले कोतपर्वपछि निर्माण गरेका थिए । सोभित्र प्रवेश गरेर केही पाइला हिँडेपछि पञ्चायनको मन्दिर प्रवेश गर्ने मूलद्वार देखिन्छ, जुन अक्सर खुला रहदैन । थापाथली परिसरमा भएको अर्को प्रमुख मन्दिर राम मन्दिर हो, जुन अहिले पनि देख्न सकिन्छ ।
जङ्गबहादुर राणाले विकास गरेको थापाथली दरबारको एक अंश अहिलेको प्रसूतिगृह अस्पताल परिसर हो, जुन पुरानो दरबार अहिले अस्तित्वमा छैन । त्यसलाई चारबुर्जा दरबार भनिन्थ्यो, जुन सन् १८४९ निर्माण भएको थियो । स्न १९३४ को विनाशकारी भूकम्पमा दरबार नराम्रोसँग क्षति भए पनि अस्तित्वमै थियो, अस्पताल स्थापना भएको चाहिँ सन् १९५९ मा हो । थापाथली दरबारको अर्को प्रमुख अंश नेपाल राष्ट्र बैङ्कको भवन तथा परिसर हो । यो दरबार जङ्गबहादुर राणाले नेपाली, मुगल र नियो क्लासिकल शैलीमा विकास गरे । पछि चन्द्र शमशेरका छोरा सिंह शमशेरले सन् १९१९ मा दरबारको थप पुनर्संरचना गरेर भव्य र आलिशान बनाए र दरबारको अगाडि बेलायती शैलीमा निर्माण गरिएको सुन्दर र विशाल बगैँचा र वरिपरिका रुख तथा हरियालीले त्यसबेला विदेशीलाई समेत लोभ्याउँथ्यो । त्यस दरबारलाई त्यो बेला सिंहमहल भनिन्थ्यो ।
थापाथली दरबारभित्र अनौपचारिक पाठशाला सञ्चालित थियो, जहा“ जङ्गबहादुर राणाका सन्ततीहरू पढ्थे । पछि त्यही स्कुल सन् १८५४ मा दरबार हाई स्कुलमा परिणत भयो । त्यो बेला शिक्षक भारतबाट झिकाइन्थ्यो तर पहिलो शिक्षक बेलायती थिए, उनको नाम केनिङ थियो । पहिले स्कुल थापाथली दरबारको कोठामा सीमित थियो । जङ्गबहादुर बेलायतबाट फर्केपछि अन्य राणाका सन्ततीलाई समेत हुने गरी स्कुल चारबुर्जा दरबारमा सारियो । स्कुल पछि सेतो दरबार, नारायणहिटी हुँदै जमल रानीपोखरी आइपुग्यो । स्वास्थ्य उपचारका लागि थापाथली दरबारभित्रै वैद्यखानाको व्यवस्था थियो, जुन सिंहदरबार सारिएपछि सिंहदरबार वैद्यखानामा परिणत भयो । पहिले वैद्यखाना हुनमानढोकामा थियो, सन् १९४६ मा जङ्गबहादुर राणाले त्यसलाई थापाथली सारेको इतिहासमा पाइन्छ ।
इतिहासमा बिर्सन नसकिने हरफ थापाथलीको सन्धि हो– जुन स्न १८५६ मा तिब्बत र नेपालबिच थापाथली दरबारमा सम्पन्न भएको थियो । नेपाल र तिब्बतबिच सन् १८५५ देखि १८५६ सम्म चलेको युद्ध थापाथली सन्धिमा परिणत भयो । नेपालले आफ्नो रणनीतिक लाभका लागि तिब्बतसँग पटक पटक छलफल ग¥यो, पहिलो वार्ता सफल भएन । तिब्बतका प्रतिनिधिहरू थापाथली दरबार आई प्रधानमन्त्री जङ्गबहादुर राणासँग वार्ता गरे र सन्धि सम्पन्न भयो । सन्धिमा नेपालका तर्फबाट जङ्गबहादुरले हस्ताक्षर गरे, तिब्बतका तर्फबाट प्रतिनिधि ग्यानडेङले हस्ताक्षर गरेका थिए । सन्धिमा दस वटा दफा थिए, जसबाट नेपाललाई रणनीतिक रूपमा लाभ भएको इतिहासकारहरूको मत छ । सन्धिमा प्रयोग गरिएको ‘गोरखा सरकार’ भन्ने शब्दले त्यसबेला नेपाललाई गोरखा भन्ने गरिएको र काठमाडौँ खाल्डोलाई नेपाल भन्ने गरिएको प्रस्ट्याउ“छ ।
सन् १८७७ मा डेनियल राइट्सद्वारा लेखिएको ‘हिस्ट्री अफ नेपाल’ पुस्तकमा सफा र पवित्र बागमती, जङ्गल र हरियालीबिच बगेको बागमती र थापाथली दरबारको भव्यताको चर्चा गरिएको छ । त्यस्तै थापाथली र ललितपुरलाई जोड्ने बागमती पुलको सन्दर्भ लेखिएकाले त्यो बेला पनि पुल रहेको बुझिन्छ तर थापाथलीस्थित बागमतीको पहिलो फलामे पुल सन् १९०५ मा चन्द्र शमशेरले हालेका थिए । सन् १९५० मा नेपाल घुम्न आएका स्विस भूर्भगविद् टोनी हेगनले बागमतीपुलमा उभिएर आ“खाले भ्याएसम्म सुन्दर बागमतीलाई चारैतिर क्यामेरामा कैद गरेका थिए । आखिर केले आकर्षित ग¥यो होला टोनी हेगनलाई ? बेलायती लेखक थोमस बेलद्वारा लिखित पुस्तक ‘काठमाडौँ’ मा उल्लेख गरिए अनुसार त्यो बेला थापाथली दरबारभित्र परेड ग्राउन्ड थियो । जङ्गबहादुर राणालाई भेट्न आउने जोकोहीले त्यहीँ घोडा राख्थे । दरबारको पर्खाल यति बाक्लो थियो कि जाडोमा समेत कोठाभित्र न्यानो हुन्थ्यो । जाडोमा घाम ताप्न कौसीहरू थिए, जहा“बाट थापाथलीलाई शिरदेखि पुछारसम्म हेर्न सकिन्थ्यो । दरबारभित्र ठुलो बैठक कोठा, भव्य अडियन्स च्याम्बर र घुमाउरो सिँढी रहेको थियो ।
थापाथली दरबारको पुरानो स्वरूप अहिले छैन । समयको कालखण्डमा थापाथलीले स्थापना गरेको पुरानो सभ्यता, इतिहास र सिर्जना गरेको वास्तुकला र पुराताìिवक सम्पत्तिलाई समेट्न र जगेर्ना गर्न नसक्नु विडम्बनाको कुरो हो । सन् १९५१ को प्रजातन्त्रको आगमनसंँगै राजाको प्रत्यक्ष शासनकाल होस् र त्यसपछिका शासकहरू हुन्, सबैले राणाकालीन दरबारलाई सरकारी अड्डामा सीमित राखेको पाइन्छ । कति संरचना भग्नावशेष भए, संवर्धन गरिएन । पुराना तथा पुराताìिवक सम्पत्तिको जगेर्ना आवश्यक मात्रामा हुन सकेन । इतिहासमा कहिल्यै नमर्ने सम्पदा भनेको नदीनाला हो । यसो त मानवीय सभ्यता पनि नदीसँग जोडिएको छ । नदी स्वच्छ र सफा हुनु भनेको समाजको सभ्यताको सूचक हो, फेरि सभ्यतालाई शिक्षा, धर्म र अनुशासनले निर्देशित गर्दछ ।
अबको बाटो
राणाकालीन दरबारलाई समयसापेक्ष सङ्ग्रहालयमा रूपान्तरण गरी सर्वसाधारणका लागि खुला गरिनु राम्रो हुन्छ । राणाकालीन संरचनाहरूको संरक्षण र संवर्धन अपरहार्य छ, आवश्यकता अनुसार प्रबलीकरण र जीर्णोद्धार गरिनु पर्दछ । सुरुवाती चरणमा दरबारका दुईतीन कोठाहरूमा मात्र सङ्ग्रहायलय बनाउ“दा पनि वर्तमान तथा भावी पुस्ताले इतिहाससँग संवाद गर्न पाउने छन्, अनुसन्धानको दायरा फराकिलो हुने छ, देशको इतिहास तथा संस्कृति थप गर्विलो हुने छ । नदीनालामा ढलनिकास र फोहोरमैला फ्याँक्ने कार्यलाई पूर्ण रूपमा बन्द नगरिएसम्म सफा नदीको परिकल्पना गर्न सकिन्न ।
नदीनालामा ढलनिकास रोक्ने काम राज्यको हो र सफा राख्ने दायित्व आमसमुदायको पनि हो । यस कार्यमा सरकार र नागरिक समाजको हातेमालो अपरिहार्य देखिन्छ । नदीनाला प्रकृति मात्र होइनन्, स्वयं ईश्वरको प्रतिविम्ब हुन् । वेद तथा धर्मशास्त्रमा नदीनालालाई देवदेवीसँग जोडिएको छ । नैतिक शिक्षा गुमाएको समाजले पछाडि फर्केर आफ्नो समाज, सभ्यता, धर्म र संस्कृति बुझेर व्यवहारमा उतार्न सक्नु पर्छ ।