• १९ चैत २०८१, मङ्गलबार

गीत

blog

मेची काली जोड्ने सूत्र देशभक्ति हुनु पर्छ

सार्वभौम बचाउन नेपाली मन जुट्नु पर्छ ।

स्वाभिमान उँचो थियो वीरताको खानी थियो

अतिसुन्दर नेपाल हाम्रो आँखाको नानी थियो

अबेर गर्न हुन्न अब धेरै पछि परी सक्यौँ

चेतनाको विगुल फुकौँ गोलबद्धभै अघिबढौँ

समृद्धिको मूल मन्त्र इलम नै बन्नु पर्छ

ऊर्जावान युवालाई देशमै काम दिनु पर्छ

तेरो मेरो भनी अझै अन्योलमा बस्नु हुन्न

पराईको इसारामा अब हामी फस्नु हुन्न