• १९ चैत २०८१, मङ्गलबार

‘मोहर’ को मिति घोषणा

blog

काठमाडौँ (गोरखापत्र), चैत १६ गते  । चलचित्र ‘मोहर’ को प्रदर्शन मिति तय गरिएको छ । पल शाह, बेनिशा हमाल र नीति शाहको शीर्ष भूमिका रहेको चलचित्र आगामी साउन २३ गते  प्रदर्शन गरिने निर्देशक ओम प्रतीकले जानकारी दिनुभभयो । मेकर्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रतीककै लेखन रहेको छ । 

चलचित्रमा अर्जुनजङ्ग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रवीन्द्र झा, सुशील देवकोटालगायत कलाकारको अभिनय रहेको छ । हास्य, द्वन्द्व र सामाजिक विषयवस्तुमा बनेको चलचित्रको निर्मातामा चुम्बनजङ्ग शाही हुनुहुन्छ । निर्देशक प्रतीकका अनुसार ‘मोहर’ नेपाली समाजको ऐनाका रूपमा प्रस्तुत हुने छ ।