अमरराज नहर्की
तनहुँ, चैत १४ गते । तनहुँ प्रहरीले रतुवा मृग सिकार मुद्धाका फरार पाँच जना प्रतिवादी पक्राउ गरेको छ । भीमाद नगरपालिका–३ पनेर भन्ज्याङ बस्नेहरु ३६ वर्षीया मनबहादुर विक, ४१ वर्षीया मिनबहादुर विक, ४२ वर्षीया शान्ति विक,४८ वर्षीया शान्ति नेपाली र ३८ वर्षीया मनिसरा नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।
तनहुँ जिल्ला अदालतको गत साउन २९ गतेको फैसलाले उनीहरूले पक्राउ गर्ने आदेश दिएको थियो । आदेश बमोजिम सिकारमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले बताउनुभयो ।
पक्राउ गरिएका मध्ये मनहादुरबाट एक हजार ४ सय रुपियाँ र अन्यलाई पाँच हजार रुपियाँका दरले जरिवाना समेत असुली गरिएको प्रनाउ थापाले बताउनुभयो ।