अर्जुन कार्की
काठेखोला (बागलुङ), चैत १३ गते । बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि पूर्व वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा र वर्तमान वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले उम्मेदवारी दिनुभएको छ ।
संघको यही शुक्रबार र शनिबार हुने ६१ औं वार्षिक साधारणसभा तथा १९ औं अधिवेशनअन्तर्गत आगामी नेतृत्वका लागि नेपाली कांग्रेस निकट व्यवसायी शर्मा र शाक्यले छुट्टाछुट्टै प्यानल बनाएर मङ्गलबार उम्मेदवारी दर्ता गर्नुभएको छ ।
शाक्यको प्यानलमा कांग्रेससँगै नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, नेकपा मसाल निकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, नयाँ शक्ति निकट समाजवादी उद्योग व्यापार सङ्गठन र राप्रपा निकट व्यवसायीहरुको समर्थन रहेको छ भने शर्माको प्यानलमा कांग्रेस निकट व्यवसायी र नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसायी महासंघका व्यवसायीहरुको समर्थन रहेको छ ।
संघको तीन महिला सदस्यतामा ६ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भूमिश्वर शर्मा गौतमले बताउनुभयो । महिला सदस्यमा शर्माको प्यानलबाट सविता आचार्य, चादना श्रेष्ठ र कमला पराजुलीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने शाक्यको प्यनानलबाट तुलसी देवी शर्मा, अर्चना पालिखे र श्रृजना राजभण्डारी श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएकोे ।
यस्तै, दुई उद्योग सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्यमा शर्माको प्यानलबाट रामप्रसाद शर्मा र भुपेन्द्र खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ भने शाक्यको प्यनालबाट चुडामणी सापकोटा र कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, १३ सदस्य खुल्ला सदस्यमा २६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । खुल्ला सदस्यमा शर्माको प्यानलबाट श्रीजय श्रेष्ठ, निलेश राजभण्डारी, राजेश भारी, दिपक हमाल, उमेश केसी, गणेश लम्साल, शिवशंकर शाह, रमेश शर्मा, सुदिप सागर कंडेल, युवराज कंडेल, राजु गौतम, बद्रि ढुंगाना र हरि आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, शाक्यको प्यानलबाट ऋषिराम गौतम, इन्द्रमणी पौडेल ‘अर्जुन’, नविन कुमार श्रेष्ठ, अर्जुन कंडेल, मनिष राजभण्डारी, चन्द्रराज रेग्मी, खिम कुमार श्रेष्ठ, गोकुल कंडेल, जिवननाथ शर्मा, विष्णु अधिकारी, महेन्द्र प्रसाद शर्मा, अकिल बहादुर क्षेत्री (ध्रुव) र नारायण सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचन अधिकृत गौतमका अनुसार १३ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । संघको साधारणसभाको उद्घाटन १५ चैतमा हुनेछभने निर्वाचन १६ चैतमा हुने वर्तमान अध्यक्ष नरेश कंडेलले बताउनुभयो । संघमा १ हजार ४ सय १६ जना मतदाता रहेका छन् ।