काठमाडौं, चैत ११ गते । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपियाँ २६ पैसा र बिक्रीदर १३७ रूपियाँ ८६ पैसा कायम भएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १४८ रूपियाँ ४५ पैसा र बिक्रीदर १४९ रूपियाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपियाँ ३३ पैसा र बिक्रीदर १७८ रूपियाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपियाँ ३९ पैसा र बिक्रीदर १५६ रूपियाँ ०७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपियाँ ०८ पैसा र बिक्रीदर ८६ रूपियाँ ४५ , क्यानेडियन डलर एकको खरिददर ९५ रूपियाँ ६५ पैसा र बिक्रीदर ९६ रूपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपियाँ ७३ पैसा र बिक्रीदर १०३ रूपियाँ १८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपियाँ १९ पैसा र बिक्रीदर नौ रूपियाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ९३ पैसा र बिक्रीदर १९ रूपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ५९ पैसा र बिक्रीदर ३६ रूपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ६५ पैसा र बिक्रीदर ३७ रूपियाँ ८२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ०७ पैसा र बिक्रीदर चार रूपियाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ३७ पैसा र बिक्रीदर ३७ रूपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ०५ पैसा र बिक्रीदर ३१ रूपियाँ १८ पैसा निर्धारण भएको छ ।
त्यसैगरी साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ३८ पैसा र बिक्रीदर नौ रूपियाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपियाँ ५३ पैसा र बिक्रीदर १३ रूपियाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपियाँ ९० पैसा र बिक्रीदर १९ रूपियाँ ९९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ६६ पैसा र बिक्रीदर १७ रूपियाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपियाँ २९ पैसा र बिक्रीदर ४४७ रूपियाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रूपियाँ १२ पैसा र बिक्रीदर ३६५ रूपियाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपियाँ ५९ पैसा र बिक्रीदर ३५८ रूपियाँ १५ पैसा निर्धारण गरिएको छ । भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुल्लाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस