• ६ चैत २०८१, बुधबार

संसदमा कांग्रेस प्रमुख सचेतक घिमिरेले माफी मागे

blog

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे

काठमाडौँ, चैत ६ गते। प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राख्नुभएका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी माग्नुभएको छ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले माफी माग्नुभएको हो। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने बताउनुभएको थियो। 

मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिनसके अर्थतन्त्र पनि सहयोग पुग्ने उहाँको दाबी थियो। उहाँले उक्त धारणा पार्टी र संसदीय दलको नभई व्यक्तिगत धारणा भएको समेत बताउनुभयो। 

उहाँले भन्नसभयो, ‘चैत ३ गते सभाको विषेश समयमा राखेको धारणहरु मेरा व्यक्तिगत धारणाहरु हुन्। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन। यी विचारहरुले सम्मानित सदनका सदस्यहरु र आम नागरिकमा नकारात्मक प्रभाव प्रभाव परेको भए उहाँको सम्मान गर्दै क्षमा याचना गर्दछु।’ 

आफ्नो विचारले सदनका सदस्य र आम नागरिकमा समेत नकात्मक प्रभाव परेको भन्दै क्षमायाचना गर्नुभएको हो।