• ६ चैत २०८१, बुधबार

करातेबाट विप्लभलालको सन्न्यास

blog

सन्न्यासको घोषणा गर्दै विप्लभलाल श्रेष्ठ ।

काठमाडौँ, चैत ६ गते । नेपालका कराते खेलाडी विप्लभलाल श्रेष्ठले खेल जीवनबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।

विप्लभलालले बुधबार पत्रकार सम्मेलन गरी नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामासँग असन्तुष्टि व्यक्त गर्दै आफू मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गर्नुभएको हो ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलालले आफुलाई २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत मिसन–२०२६ को करातेको टोलीमा नराखिएको प्रति असन्तुष्टी समेत ब्यक्त गर्नुभएको छ ।