• ६ चैत २०८१, बुधबार

महिला क्रिकेट टोली स्वदेश फर्कियो

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत ६ गते । युगान्डामा सम्पन्न महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा सहभागी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ ।

आयोजक युगान्डासहित नेपाल, हङकङ र नामियिासम्मिलित सिरिजमा लिगचरणमा चौथो भएको थियो । नेपालकी कप्तान इन्द बर्माले युगान्डाको मौसम नेपालको जस्तै भएको र नेपालल राम्रो खेलेपनि नतिजा निकाल्न नसकेको बताउनुभयो । उहाँले यस्ता सिरिजले नेपाली महिला खेलाडीको प्रदर्शनमा सुधार आउने पनि बताउनुभयो । 

पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको नेपाल चौथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको थियो ।

पाँचौँ खेलमा नेपाल  घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको थियो। तेस्रो स्थानका लागि हङकङ र नेपालबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।