देवरामप्रसाद यादव
सप्तरी, चैत ६ गते। महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा रञ्जीत यादव निर्वाचित हुनुभएको छ। यादव तीन सय ९३ मत प्राप्त गरी प्यानलसहित विजयी हुनुभएको हो। उहाँ समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदबार हुनुहुन्थ्यो।
उहाँले स्वतन्त्र उम्मेदबार विनय यादवलाई ६१ मतान्तरले पराजित गर्दै सभापति पदमा निर्वाचित हुनुभएको हो। दोहोरीएका हुन्। विनय तीन सय ३२ मत ल्याई दोस्रो र अनेरास्ववियुका मनिषा कुमारी साहले तीन सय ३१ मत ल्याएर तेस्रो हुनुभएको छ।
सचिवमा समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीका संयुक्त गठबन्धनका मुकेशकुमार साह तीन सय ९५ मत र कञ्चन कुमारी ठाकुर ४ सय १० मत प्राप्त गरी कोषाध्यक्षमामा निर्वाचित भएका छन्।
साहले तीन सय ९५ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी अजय यादवले तीन सय २४ मत प्राप्त गरेका छन्। यसैगरी ठाकुरले चार सय १० मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मो.अबुजर आलमले दुई सय ९५ मत प्राप्त गर्नुभएके छ।
मंगलबार भएको निर्वाचनमा कुल दुई हजार ७ सय ३१ मत रहेकोमा एक हजार २ सय ७२ मत खसेको थियो।