राममणि दाहाल
हेटौँडा, चैत ५ गते । स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि हेटौँडा उपमहानगरपालिका –१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुका प्रशान्त भण्डारी विजयी हुनुभएको छ ।
५३ मतसहित भण्डारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँको प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी नविना घलानले ३१ मत प्राप्त गर्नुभयो । निर्मल बहुमुखी क्याम्पसमा ८७ जना मतदातामध्ये ८४ मत खसेको प्रमुख निर्वाचन अधिकृत गोपीरमण प्याकुरेलले जानकारी दिनुभएको छ ।
भण्डारीको प्यानलबाट सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल, सदस्यमा अम्बिका अर्याल, आयुषा ढकाल, सुजन तामाङ र दुर्गाकुमारी पण्डित निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।