Loading...
  • ६ चैत २०८१, बुधबार

शान्तिदीप क्याम्पसको स्ववियु अध्यक्षमा परियार सर्वसम्मत निर्वाचित

blog

बागलुङको शान्तिदीप बहुमुखी क्याम्पसको स्ववियुमा निर्वाचित पदाधिकारी र विद्यार्थी। तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

बागलुङ, चैत्र ५ गते। बागलुङको शान्तिदीप बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा नेपाल विद्यार्थी संघका विपना परियार सर्वसम्मत निर्वाचित हुनुभएको छ।

मंगलबार क्याम्पसमा अध्ययनरत विद्यार्थीको भेलाले परियारको अध्यक्षतामा सर्वसम्मत स्ववियुको नयाँ समिति चयन गरेको हो। निर्वाचन अधिकृत डिल्लीप्रसाद पौडेलका अनुसार उपाध्यक्षमा निखिल थापा, सचिवमा प्रतिमा चापागाई, कोषाध्यक्षमा निशा शर्मा र सहसचिवमा गीता नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको छ। 

यस्तै सदस्यमा भावना थापा, विनिता परियार, महमद तारिफ मिया, सरस्वती विक, खेममाया विक र दयाराम सापकोटा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो।