• २ असार २०८१, आइतबार

गाई फार्ममा आगलागी हुँदा धनजनको क्षति

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ १९ गते । जनकपुरधाम उपमहानगरपालिका १७ मनहरपुरस्थित गएराती विजय यादवको ओम पशुसेवा केन्द्रमा आगलागी हुँदा करिब साठी लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १७ मनहरपुरस्थित बुधबार राती करिब २ बजेतिर सो फर्ममा आगलागी हुँदा करिब ६० लाख रुपियाँ बराबर धनजनको क्षति भएको ओम पशु सेवा केन्द्रका मालिक विजय यादवले बताउनुभयो । 

आगलागीमा फार्मसहित एक गाई, दुई सय ५० हाँस जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा फार्मधनी यादवसहित चार जना सहयोगी समेत घाइते भएको प्रहरीले जनाएको छ । यादवकाअनुसार फार्मकै एक कोठामा सुतिरहेकोबेला राती २ बजेतिर धुँवा निस्केपछि आगो लागेको थाहा पाउनासाथ छरछिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।