हरिकृष्ण ऐडी
मुगु, चैत ४ गते । सफ्टवेयर बन्द भएपछि मुगुमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ ।
परिचयपत्र विवरण दर्ता र कार्ड बितरण सम्बन्धी सफ्टवेयर बन्द भएपछि जिल्ला प्रशासन कार्यालय मुगुले सोमबारदेखि उक्त सम्पूर्ण कार्य अवरुद्ध भएको हो ।
सफ्टवेयरको काम अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुगुले सुचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेकाअनुसार सफ्टवेयर मर्मत सम्भारको कार्य भईरहेको छ।
राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी दर्ता र कार्ड बितरण सम्बन्धी सेवाग्राहीमा पर्न गएको असुविधाप्रति जिल्ला प्रशासन कार्यालय क्षमाप्रार्थी रहेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।