• ४ चैत २०८१, सोमबार

आगलागीबाट १२ लाख बराबरको धनमाल नस्ट

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत ४ गते । राजविराज नगरपालिका वडा नम्बर ६ स्थित खैरसाल टोलमा सोमबार आगलागी हुँदा लाखौँको धनमाल जलेर नस्ट भएको छ । 

आगलागीमा एक फर्निचर उद्योग, ३ वटा घर, ५० हजार रुपियाँ तथा सुनचाँदीका गरगहना जलेर नस्ट भएको हो । नगरपालिकाको वडा नम्बर ६ घर भएका दुवीलाल यादवको गोठघरबाट विद्युत् सर्ट भई सल्केको आगोले उनको तीन घर र छेउमै रहेका सुरेश शर्माको फर्निचर उद्योग समेत जलेर नस्ट हुँदा करिब १२ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरीले जनाएको छ ।

तीन घरसहित ५० हजार नगद, खाद्यान्न, लत्ताकपडा, भाडा बर्तन, सुनचाँदीका गरगहना गरी ८ लाख २१ हजार बराबरको क्षति भएको हो । यसैगरी सुरेश शर्माको आफ्नो फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचरका साथै काठ चिरान गर्ने दुई वटा मेसिन समेत जलेर स्ट भई चार लाख १५ हजार बराबरको क्षति भएको एका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

दिउँसो साढे चारबजे देखि सुरु भएको आगलागी राजविराज नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको वारुणयन्त्र, नेपाल तथा सशस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।