• ३ चैत २०८१, आइतबार

प्रधानमन्त्री कप

लुम्बिनीका स्पिनर चम्किँदा बागमती ६७ रनमा अलआउट

blog

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दै लुम्बिनी र बागमतीका खेलाडी ।

सन्तोष दहित

दाङ, चैत ३ गते । स्पिनर चम्किएसँगै प्रधानमन्त्री कप एकदीवसी पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदशेमाथि ४८ रनको सानदार जित हासिल गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा सबै विकटको क्षतिमा ६७ रनमा समेटिएको थियो । 

बागमतीका लागि कप्तान पृथु बास्कोटाले १५ रन बनाउनुभयो । आशुतोष घिरैया र सुमन सुनारले समान ११(११ रन बनाउनुभयो । बलिङमा लुम्बिनीका अजय चौहान र विप्रसन केसीले तीन तीन विकेट लिनुभयो । निर्मल गुरुङ र रमेश कुर्मी दुई दुई विकेट लिनुभयो । लुम्बिनीका विप्रसन केसी प्लेयर अफ दी म्याच हुनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ३२.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३३ तथा मनीष थापा र कप्तान देव खनालले समान १५/१५ रन बनाउनुभया ।

बलिङमा बागमतीका लागि गौतम केसीले चार विकेट लिनुभयो । सूर्य तामाङ र इशान पाण्डेले दुर्यदुई तथा रिजन ढकालले एक विकेट लिनुभयो । जितसँगै लुम्बिनीले चार खेलबाट ६ अङ्क बनाएको छ । पराजित बागमतीको समान खेलबाट दुई अङ्क छ ।

यस्तै बुटबलको एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको अर्को खेलमा कोशीले पहिलो जित निाकालेको छ । कोशीले गण्डकी प्रदेशलाई नौ विकेटले हरायो । 

जितका लागि गण्डकीले दिएको ३२ रनको सहज लक्ष्य कोशीले ८.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । जितसँगै कोशीले पाँच खेलबाट दुई अङ्क बनाएको छ ।पराजित गण्डकीको चार खेलबाट दुई अङ्क छ । 

यस्तै सिद्धार्थनगर क्रिकेट मैदानमा भएको अर्को खेलमा एपिएफले कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि कर्णालीले दिएको एक सय ९० रनको पराजित कर्णालीको समान खेलबाट दुई अङ्क छ ।