• १३ साउन २०८१, आइतबार

युक्रेन विश्वकप छनोट नजिक

blog

स्कटल्यान्डलाई हराएपछि खुशी मनाउँदै युक्रेनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ १९ गते । छिमेकी देश रुसी आक्रणको चपेटामा परेको युक्रेन कतार विश्वकप २०२२ छनोट नजिक पुगेको छ । युरोपेली छनोट अन्तर्गत बुधबार राति भएको प्लेअफ सेमिफाइनल खेलमा युक्रेनले स्कटल्यान्डलाई ३–१ गोलले हरायो । 

रुसले एकतर्फी आक्रमण गरेपछि युक्रेन विश्व फुटबल गतिबिधीबाट केही महिनाका लागि अलग रहेको थियो । विश्व फुटबल महासंघ (फिफा) ले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसलाई प्रतिबन्ध समेत लगाएको थियो  । 

यसअघि फिफाले स्थगित गरेको खेल बुधबार भएको हो । फाइनलमा युक्रेनले वेल्ससँग आइतबार राति खेल्नेछ । युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टिम डोबेकले गोल गर्नुभयो । स्कटल्यान्डका कलुम म्याकग्रेगरले सान्त्वना गोल फर्काउनुभयो । 

एन्ड्रीले ३३औं मिनेटमा खाता खोल्नुभएको थियो । रोमनले ४९औं र आर्टिमले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभएको हो । यसअघि स्टकल्यान्डका कलुमले ७९औं मिनेटमा सान्त्वना गोल गर्नुभएको थियो । 

युक्रेन र वेल्सको विजेताले विश्वकपमो समूह  ‘बी’ मा अमेरिका, इरान र इङल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । कतार विश्वकपका लागि हालसम्म २९ देश छनोट भइसकेको छ । अब वेल्स र युक्रेन, अष्ट्रेलिया र युएई, पेरु, कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट तीन देश छनोट हुन बाँकी छ । एजेन्सी