• १३ साउन २०८१, आइतबार

इटालीलाई हराउँदै अर्जेन्टिना ‘फाइनालिस्सिमा’ च्याम्पियन

blog

इटालीविरुद्ध गोलगरेपछि खुशी मनाउँदै अर्जेन्टिनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ १९ गते । कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीलाई हराउँदै  ‘फाइनालिस्सिमा’ कप जितेको छ । इङ्ल्यान्डको वेम्बली रंगशालामा बुधबार राति भएको खेलमा इटालीलाई ३-० गोलले हराउले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

एकपक्षीय खेलमा अर्जेन्टिनालाई जिताउन लौटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले गोल गर्नुभयो । खेलको सुरुवातदेखिनै दबदबा जमाएको अर्जेन्टिनाले २८औं मिनेटमा गोलको खाता खोलेको थियो । मार्टिनेजले कप्तान लियोनल मेस्सीको पासमा गोल गदै टोलीको उत्साह जगाउनुभयो । 

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा डिबालाले मेस्सीको पासमा गोल गर्दै टोलीलाई फराकिलो जित दिलाउनुभयो । उहाँ ९०औं मिनेटमा मैदान छिर्नुभएको थियो । 

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी कन्मेबोललबीच सन् २०२१ डिसेम्बरमा भएको सम्झौता अनुसार युरोपेली च्याम्पियन र कन्मेबोलल च्याम्पियनबीच खेल भएको हो । फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउन खेल आयोजना गर्ने सम्झौता भएको थियो । 

यसअघि पछिल्लो पटक सन् १९९३ मा युरो विजेता र कोपा अमेरिका विजेताबीच यस्तै खाले प्रतियोगिता भएको थियो । त्यतिबेला डिएगो म्याराडोना सम्मिलित अर्जेन्टिनाले डेनमार्कलाई पराजित गरेको थियो । त्यसबेला डिएगो म्याराडोना सम्मिलित टोलीले डेनमार्कलाई पेनाल्टीमा हराएको थियो । त्यसअघि सन् त्यसअघि सन् १९८५ मा भएको पहिलो प्रतियोगितामा फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो । एजेन्सी