• २९ फागुन २०८१, बिहिबार

युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

blog

काठमाडौँ, फागुन २९ गते । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ खेलमा घरेलु टोली युगान्डाले जितका लागि नेपाललाई ९२ रनको लक्ष्य दिएको छ ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९१ रन बनाएको हो । 

गान्डाका लागि रिथ मुसामालीले सर्वाधिक ३८ रन बनाउनुभयो । यस्तै इस्थर इलुकुले २२ र स्टेफिनी नामपिनाले अविजित १३ रन जोड्नुभयो । 

बलिङमा नेपालकी रिया शर्माले दुई तथा पूजा महतो, ईश्वरी विष्ट र रुविना क्षेत्रीले एक एक विकेट लिनुभयो ।

नेपालले यसअघि खेलेको चार खेलमा तीन हार खेपेको छ । नेपालले पहिलो खेलमा युगान्डालाई एक विकेटले हराएको थियो ।