• २९ फागुन २०८१, बिहिबार

प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा सरोज ढुङ्गेल

blog

प्रेस चौतारीका नेताका साथमा प्रेस चौतारी प्रतिष्ठान प्रदेशका अध्यक्ष सरोज ढुङ्गेलसहितका निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्य ।

काठमाडौँ, फागुन २८ गते। प्रेस चौतारी प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनले सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत २४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । 

बुधबार सम्पन्न भएको प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनबाट ढुङ्गेलको अध्यक्षमा २४ सदस्यीय नयाँ कार्य समिति  चयन गरेको हो।  यस अगाडि पनि अध्यक्षको जिम्मेवारीमा रहनु भएका ढुंगेल पुनः अध्यक्ष निर्वाचित हुनुभएको हो। 

उपाध्यक्षमा अर्जुन सापकोटा र सर्मिला थापा, महासचिवमा रमेश लामिछाने, कोषाध्यक्षमा जश्विन थापा,छ जना सचिवमा क्रमशः पुरुषोत्तम घिमिरे, विन्दु शर्मा, महेश निरौला, शेखर चौलागाई, सविना चेपाङ र परमानन्द राय निर्वाचित हुनुभएको छ। 

कार्यक्रममा  नेकपा (एमाले) जनसङ्गठन संयन्त्र प्रमुख  भानुभक्त ढकालले व्यावसायिक र मर्मादित पत्रकारितामा लाग्न प्रेस चौतारीलाई आग्रह गर्नुभयो। 

उहाँले समाजमा अस्थिरता मच्चाउन खोज्ने केही झुण्डहरु एकै ठाउँमा आउन सक्ने भन्दै त्यस्ता झुण्डदेखि सचेत रहनुपर्नेमा जोड दिनुभयो। 


नेकपा (एमाले)  प्रचार  तथा  प्रकाशन  विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारिताको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै पत्रकारले सांगठनिक क्रियाकलापमा पनि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो। 

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले  पत्रकारले आफ्नो लेखन शैलीलाई समयानुकुल  परिमार्जन  गरी  सङ्गठनिक  गतिविधिमा  लाग्न प्रेस चौतारीसँग सम्बद्ध पत्रकारसक्रिय हुनुपर्नेमा जोडदिनुभयो।