काठमाडौँ, फागुन २७ गते । आठौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रि–बुकिङ खुला गरिएको छ । चैत ७ देखि ११ गतेसम्म सञ्चालन हुने निफको टिकट बुकिङ खुला भएको निफका क्रिएटिभ निर्देशक रसिक पाठकले बताउनुभयो । बुकिङका लागि निफले खल्ती एपसँग साझेदारी गरेको छ । उद्घाटनको पहिलो चलचित्र ‘शाम्भाला’ हुने पनि उहाँले जानकारी दिनुभयो । आठौँ संस्करणका लागि ४० देशबाट ८७ वटा चलचित्र छनोट गरिएको छ ।