काठमाडौं, फागुन १७ गते । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले सहकारीप्रति नकारात्मक धारणा रहेको भन्दै आफ्नो गतिविधिबाट सहकारीहरुले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले तीन खम्बे अर्थनीति अन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नजकारात्मक भाव रहेको भन्दै यस्तो बताउनुभएको हो ।
उहाँले सहकारकिो सिद्धान्त र मर्मविपरित जाँदा सहकारीमा समस्या देखिएको पनि बताउनुभयो । "यस्तो सङ्कटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईहरुको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु," सिंहले भन्नुभयो, "सहकारीको सिद्धान्त र मर्मविपरित गएको कारणले गर्दा धेरैले जीवनमै डिस्टर्भेन्स हुनेगरि, आफैलाई दबाब हुने अवस्था भोगिरहनुपरेको छ ।"
त्यस्तै, फरक न्दिर्भमा उहाँले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनका लागि वर्तमान सरकार बनेको बताउनुभयो । राजनीतिक स्थिरताको लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्नेतर्फ सरकारअघि बढेको जानकारी दिनुभयो ।
"जनताले सरकारको आयुको त ठेगान छैन, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको हो। कमीकमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गई रहेको छ," उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
सरकाररले जीवनयापन गर्न सहज वातावरण सिर्जना हुनुपर्छ भन्ने हरेक नेपालीको चाहना रहेको भन्दै त्यसलाई पूरा गर्नको लागि सरकार लागिरहेको उहाँको भनाई छ । सिंहले अधिकारसँगै कर्तव्यप्रति पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।