• १४ फागुन २०८१, बुधबार

प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

blog

काठमाडौँ, फागुन  १४ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको छ । 

मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले “महाशिवरात्रिको शुभकामना १ जय पशुपतिनाथ ११”, लेख्नुभएको छ । 

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ । रासस