आजभन्दा पच्चिस सय वर्षअघि नेपालको लुम्बिनीमा जन्मनुभएका भगवान् गौतम बुद्ध बाल्यकालदेखि नै वैराग्य स्वभावका हुनुहुन्थ्यो । उहाँ जन्मेको केही दिनपछि त्यस समयका महातपस्वीमुनि असिताले सिद्धार्थ महातपस्वी बन्छ र सारा संसारमा राज गर्छ भन्ने भविष्यवाणी गर्नुभएको थियो तर बुद्धका बुबा भने आफ्नो छोरा चक्रवर्ती राजा भएको हेर्न चाहनुहुन्थ्यो । उहाँका बुवाले छोरालाई वैराग्यता नआओस् भनी भारदार र पण्डित पुरोहितसँग सल्लाह गरी उहाँलाई बाहिरी संसारको माहोलबाट वञ्चित राखेर हुर्काउनुभएको थियो तर उमेर बढेसँगै उहाँमा जिज्ञासाहरू पलाउन थाल्यो र बाहिरी संसार हेर्ने इच्छा जाग्यो । जब उहाँ बाहिर घुम्न जानुभयो । रोगी देख्नुभयो, बुढा देख्नुभयो, मरेको मान्छे देख्नुभयो । त्यसले उहाँलाई झन् वैराग्यतामा मलजल ग¥यो ।
त्यसै गरी त्यस समय राज्य राज्यबिच शक्तिको लडाइँले गर्दा सधैँ असुरक्षित महसुस् हुने गथ्र्यो । दुई पटक त उहाँले कपिलवस्तु राज्यमाथिको हमला रोक्नुभयो । तेस्रो पटक रोक्न सकिएन । त्यस आक्रमणले दरबार तहस नहस भयो । मानिसहरू को लास, घाइतेहरू को चिच्याहट । जताततै रगतको खोलो देखेर उहाँको भित्र गहिरो चोट प¥यो । कोमल हृदयका उहाँ मिजासिला स्वभावका हुनुहुन्थ्यो । उमेर बढेर वयष्क भएसँगै उहाँको आफ्नै फुपूको छोरी यशोधरसँग उहाँको विवाह भयो । विवाहपछि राज्य घुम्न जाँदा धनी र गरिब, उच्च र निच जाति, छुवाछुत जस्ता असङ्ख्य सामाजिक कुरीतिहरू देख्नुभयो । यो मानिस मानिसबिच भेदभाव किन ? यो कुराले उहाँमा झन् वैराग्यता जाग्यो । त्यसै गरी दरबारभित्र शक्तिका लागि झगडा कलह आदिले गर्दा उहाँभित्र गहिरो प्रश्न उब्जियो । मानिस मर्नु नै छ भने जन्मिनु किन ? रोगी किन ? बुढो किन ? यो राज्य राज्यबिच के को लागि युद्ध लडाइँ ? सबै मान्छे उस्तै होइन र ! तर भेदभाव किन ? जस्ता प्रश्नले उहाँमा अशान्ति र छटपटाहट बढ्न थाल्यो । उहाँ सुत्न निदाउन सक्नुभएन ।
यस्तै छटपटाहटबिच एक जना सन्तसँग उहाँको भेट भयो । त्यही रात उहाँले दरबार छोड्नुभयो । उहाँ सन्तको सल्लाहबमोजिम त्यस समयका चर्चित सन्त अलार कलामको आश्रम पुग्नुभयो । सन्तको सानिध्यमा रहेर योग ध्यान गर्नुभयो तर उहाँभित्रको अशान्ति मेटिएन । त्यसपछि उहाँ सन्त अलार कलामकै सुझावबमोजिममुनि उदाका रामा पुत्ताको आश्रममा पुग्नुभयो । पुत्ताले उहाँको हरेक प्रश्नको जवाफ दिनुभयो तर पनि उहाँको मन शान्त भएन । त्यस पछि उहाँ विभिन्न गुरुको शरणमा पुग्नुभयो । तैपनि उहाँलाई शान्ति मिलेन । त्यसपछि उहाँ छ वर्ष जङ्गलमा घुमिरहनुभयो । एक दिन उहाँको भेट महावीर जैनका अनुयायीसँग भयो र निराहार तपस्याको सल्लाह दिए । उहाँ त्यही सल्लाह अनुसार दिनको एक दाना खाएर तपस्या गर्न थाल्नुभयो । उहाँको शरीर कमजोर हुँदै गयो । एक दिन निरञ्जना नदीमा नुहाउन गएका बेला पानीमा ढल्नुभयो । नदिले बगाएर केही तल पु¥याएपछि किनार बगरमा ढलिरहनुभएको थियो । एक जना सुजाता नाम गरेकी युवती आफ्नो मनोकामना पूरा होस् भनी हरेक दिन पिपलको बोटमा खिर चढाउन आउने गर्थिन । युवतीले ढलेका मानिसलाई देखिन् र नजिक गएर छोइन् । ढलेका मानिस जिउँदै रहेको पाइन् र ल्याएको खिर ढलेका मानिसलाई खुवाइन् । सिद्धार्थ होसमा आउनुभयो । उहाँको मनमा प्रश्न उब्जियो, “म भवसागर तर्न हिँडेको मान्छे जाबो नदी त तर्न सकिनँ । कसरी भवसागर तर्न सकिन्छ ? शरीरलाई तड्पाएर गरिएको साधनाबाट पनि परम सत्य उपलब्ध नहुँदो रहेछ ।”
त्यसपश्चात् प्रत्येक दिन सुजाता उहाँलाई खिर खुवाउन आउने गर्न थालिन् । सिद्धार्थ पिपलको रुखमुनि ध्यान गरेर बस्न थाल्नुभयो । ध्यान गर्दै जाँदा वैशाख शुक्ल पूर्णिमाको राति उहाँमा अद्भूत अनुभूति भयो । उहाँका मनभित्रका उकुसमुकुस र पीडा व्यथाहरू शून्यमा परिणत भयो । उहाँ शब्दहीन बन्नुभयो । विचारहीन, तर्कहीन, कल्पनाहीन, तर्कनहीन बन्नुभयो । भित्र केवल परम् शान्ति र आनन्द मात्र छाइरहेको आभाष भयो । यो मानव जगत्मा ईश्वरप्रति अनगन्ती धारणा प्रस्तुत गरिएका छन् तर आजसम्म साक्षात्कार भएको एक जना व्यक्ति पनि भेटिएको पाइन्न । वेद पुराण तथा धर्मशास्त्रमा देवीदेवताका बारेमा उल्लेख गरेको पाइन्छ तर त्यसलाई उपासनाद्वारा शक्ति प्राप्त गर्ने माध्यमको रूपमा लिइन्छ । साक्षात् स्वरूपको उपस्थितिको अनुभव या अनुभूति भएको छैन ।
भगवान् बुद्धले जुन आफूभित्र शून्यता अर्थात् परम् शान्ति प्राप्त गरे त्यो कुनै ईश्वरप्रतिको धारणाबिना नै प्राप्त गर्नुभएको थियो । उहाँलाई सम्पूर्ण वेद पुराण तथा धर्मशास्त्रको ज्ञान थियो तर त्यसबाट शान्ति तथा आनन्द प्राप्त भएको थिएन । उहाँले जुन शान्ति तथा परम आनन्द पाउनुभयो ईश्वरीय धारणाबिना नै पाउनुभयो । त्यसैले उहाँले शून्यबाट प्राप्त भन्ने नाम दिनुभयो अर्थात् विचार र मनको पार । तर हामीभित्र सदियौँदेखि ईश्वरसम्बन्धी धारणा बनिसकेको छ । तस्बिर तथा मूर्तिको छाप मन मस्तिष्कमा बसिसकेको छ । साथै ईश्वरको महिमा व्याख्या तथा विश्लेषण को ज्ञान अध्ययनबाट प्राप्त भइसकेको छ । त्यसैले हामीले ध्यान साधना गर्दै जाँदा अनुभूति हुन्छन् । त्यो धर्म शास्त्र तथा वेद पुराणसँग मेल खान्छन् र ईश्वर पाएको अनुभूति हुन्छ ।
म एउटा आध्यात्मिक साधन हुँ । मैले तेस्रो नेत्र र सहस्र चक्र खुलेको अनुभूति गरेको छु र त्यसको प्रभावको अनुभव पनि छ । हामीभित्र तेस्रो नेत्रसम्बन्धी पहिले नै धारणा बनिसकेको छ । तेस्रो नेत्र भनेकै शिव नेत्र हो । त्यसैले तेस्रो नेत्र खुल्यो भने शिव नेत्र खुल्यो भन्छौँ । हाम्रो मानसपटलमा पहिलेदेखि नै यो शिव हो भन्ने धारणा बनिसकेको छ । हामीमा पहिले नै धारणा बनिसकेको छ कि महादेवको जटाबाट गङ्गा बग्छ । यही धारणाले गर्दा महादेवको स्वरूपको दृश्य हाम्रो मानसपटलमा बनिसकेकाले यो महादेव अर्थात् शिवको जटाबाट गङ्गा बगेको हो भन्छौँ तर आजसम्म कुनै मानव जातिले शिव अर्थात् महादेवको साक्षात् रूपको दर्शन गरेको पाइएको छैन ।
परमात्माले यो जगत्को सृष्टि गर्नुभयो र सबै प्राणीको पनि सृष्टि गरिसकेपछि एउटा आफ्नो जस्तै स्वरूप भएको अत्यन्त प्यारो प्राणीको सृष्टि गर्न इच्छा जागेछ र उसलाई अरू प्राणीभन्दा धेरै ज्ञान बुद्धि विवेक सृजनशीलता कल्पनाशीलता सही र गलत छुट्याउन सक्ने क्षमता भएको प्राणी बनाउनुभयो । त्यसलाई मानिस नाम दिनुभयो । त्यस मानिसलाई भन्नुभयो, “तिमीलाई केही गाह्रो साँघुरो प¥यो भने मलाई सम्झनु म तुरुन्त तिम्रोसामु उपस्थित हुन्छु र समस्या समाधान गरी दिन्छु ।” तर मानिस सानो तिनो केही समस्या प¥यो कि हे ईश्वर ! भनी पुकारी हाल्दो रहेछ । परमात्मा मेरो प्यारो मान्छेले सम्झियो भन्दै टुप्लुक्क उपस्थित भइहाल्दा रहेछन् । समस्या सोध्यो सामान्य हुँदो रहेछ । बारम्बार सामान्य समस्यामा पनि सम्झिँदै पुकारेपछि ईश्वरलाई दिक्क लागेछ । ईश्वरले सोच्नुभएछ । यसलाई मैले अरू प्राणीभन्दा धेरै चेतना दिएको छु । यसले प्रयोग गरेन । के गर्ने होला । यिनीहरूले आफ्नै बुद्धि विवेक उपयोग गर्लाकी भन्ने सोचेर उहाँले अबदेखि म फलानो ठाउँमा उपस्थित हुन्छु केही समस्या छ भने त्यहाँ आउनु भन्नुभएछ । मानिस न हो केही समस्या प¥यो कि आफ्नो बुद्धि नै प्रयोग नगरी ईश्वरले भनेको ठाउँमा उपस्थित भइहाल्दा रहेछन् ।
ईश्वरलाई दिक्क लागेछ । अब यो मानिसलाई के गर्ने होला ? आफ्नो विवेक प्रयोग नै गर्दैन । खाली हे ईश्वर ! भन्दै मै कहाँ धाउँछ । त्यसपछि ईश्वरले अब चाहिँ आफ्नै बुद्धि विवेक नै प्रयोग गरोस् भन्ने सोची थाहै नदिई हिमालमा गएर बस्नुभएछ । मानिस न हो ईश्वरले समस्या समाधान गरिदिन्छ भन्ने बानी परिसक्यो । उनीहरू बुद्धि र विवेक नै प्रयोग नगरी ईश्वर कहाँ हराएछन् भन्दै खोज्न थालेछन् ।
खोज्दा खोज्दा पत्ता लगाई छाडेछन् र त्यहाँ पनि भिड लाग्न थालेछ । ईश्वरलाई अब चाँहि मानवदेखि साह्रै नै दिक्क लागे छ । यत्रो ज्ञान बुद्धि विवेक चेतना दिएको छु प्रयोग नै गर्दैन । जहिले पनि मलाई नै खोजिरहन्छ । अब अर्को के उपाय गरौँ होला ? त्यसपछि ईश्वर मानवलाई सुईकै नदिई सुटुक्क मानवभित्र नै बसी दिनुभएछ । आज मानिस ईश्वर खोज्दै भौतारिहेका छन् । हे भगवान् ! भनी बारबार पुकारी रहेछन् । पहिला जहाँ जहाँ भगवान् उपस्थित हुनुहुन्थ्यो, त्यहाँ पवित्र स्थान भन्दै मन्दिर बनाएर मूर्ति स्थापना गरी पूजा पाठ गरिरहेछन् ।
हिमालमा खोज्दै कैलाश पर्वत धाई रहेका छन् तर पनि मानसिले ईश्वर पाउन सकेका छैनन् । त्यसैले आज मानव भड्किरहेका छन्, तड्पिएका छन, अराजक भएका छन्, समस्या र उल्झनमा अल्झिरहेका छन् तर संसारमा कहीँ कतै ईश्वर पाउन सकेका छैनन् । यस जगत्का नगन्य मानिसमा मात्र आज ईश्वरीय चेतना जाग्रित भएको पाइन्छ । उनीहरूलाई बोध भयो कि ईश्वर त स्वयम्भित्र पो विराजमान हुँनुहुदो रहेछ । उनीहरू ले आफैँभित्र ईश्वर रहेको अनुभुति गरे । आज आफूभित्र ईश्वर अनुभूति गर्ने मानिसहरू नै असली गुरु हुन्, मार्ग प्रदर्शक हुन् । यो जगत्मा अनगन्ती गुरुहरू आए गए तर भगवान् बुद्धले २५ सय वर्षअघि जुन मार्ग देखाउनुभयो त्यो मार्ग आज पनि उत्तिकै सान्दर्भिक र प्रभावकारी छ, त्यो हो शून्यताको मार्ग । परम् चेतनाको मार्ग । परम् शान्ति तथा आनन्दको मार्ग अर्थात् शिवत्वको मार्ग । शून्य भन्नु नै शिव रहेछन् अर्थात् मनको पार इन्द्रिय चेतनाको पार ।