काठमाडौँ, फागुन २ गते । डोल्पाको धो मा दुई जना शिक्षकका लागि आवेदन माग भएको छ । डोल्पो बुद्ध गाउँपालिकाले माध्यमिक तहमा सङ्घीय शिक्षण सिकाइ अनुदानमा करारमा विज्ञान र गणित विषयका लागि शिक्षक माग गरेको हो ।
फागुन २ गते सूचना प्रकाशन गर्दै गाउँपालिकाले आवेदन दिन माग गरेको छ । तिब्बतको सिमाना नजिक रहेको उपल्लो मानव बस्ती रहेको धो क्षेत्रको शैक्षिक सुधारका लागि शिक्षक आवश्यक परेको भन्दै गाउँपालिकाले किष्टल माध्यमिक विद्यालयका लागि शिक्षक माग गरेको जनाएको छ ।
१५ दिनभित्र आवेदन दिन गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ ।