• १ फागुन २०८१, बिहिबार

खारा ब्यारेक नजिक फेरि भेटियो बम

blog

फेला परेको बम ।

राजु लामिछाने

रुकुमपश्चिम, माघ २७ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । त्रिवेणी गाउँपालिका ६ पात्लास्थित रमेश ओलीको खेतबारीमा बम फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बुधबार बेलुका ओलीको खेतबारीमा काम गर्ने क्रममा फेला परेको बम आज डिस्फोज गरिएको छ । स्थानीयले सकेट बम जस्तो देखिने फलामको धातु फेला परेको भनेर प्रहरी चौकी झुल्नेटालाई खबर गरेका थिए । 

तत्पश्चात प्रहरी चौकी झुन्नेटाबाट र चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । बम डिस्फोजल टोलीसँग समन्वय गरेर बम डिस्फोज गरिएको प्रहरीले जनाएको छ । 

गत माघ २७ गते पनि सोहि वडाको बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा बम फेला परेको हो । उक्त बम पनि डिस्फोज गरिएको थियो । बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने आँकलन गरिएको छ ।