• १ फागुन २०८१, बिहिबार

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

blog

कमलामाई (सिन्धुली),  फागुन १ गते ।  सुनकोशी गाउँपालिका–३ नौबिसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । रासस